Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    जन्मदिनकै‌ं दिन वैवाहिक सम्बन्धमा बाँधिदै अभिनेत्री प्रियंका कार्की

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी आजबाट वैवाहिक सम्बन्धमा बाँधिदैछन् । आज नै नायिका कार्कीको जन्मदिन पनि हो ।  विवाहका लागि दुबै परिवारले तयारी पूरा गरिसकेका छन् ।

    यसकै लागि प्रियंकाले मंगलबार मेहेन्दी पार्टीको कार्यक्रम आयोजना गरेकी थिइन् । मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायतका थुप्रै कलाकार सहभागि थिए ।

    उनीहरुले प्रेम सम्बन्धमा रहेको ३ वर्षपछि र इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् । विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्याचलर पार्टी पनि मनाएका थिए । ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने प्रियंकाको पार्टी सकेको केहि दिनपछि आयुष्मान पनि आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments