in ,

जस्तो सुकै अवस्थामा पनि आत्महत्या नगर्ने संदेश दिएका सुशान्तले आफैले रोजे त्यहि बाटो

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। सफलताको उचाइमा रहेका राजपुतले किन आत्महत्या गरे भन्ने बिषयको जाच भैरहेको भारतीय मीडियाले उल्लेख गरेका छन् ।

 

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’, ‘पिके’, ‘एमएस धोनी’ , केदारनाथ’ , छिछोरे लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् । उनका चलचित्र बक्स अफिसमा सफल भैरहेका थिए भने क्रिटिक्सले पनि उनको कामलाई तारिफ गरिरहेका थिए । उनको अन्तिम रिलिज चलचित्र ‘छिछोरे’ रहेको थियो । यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि आत्माहत्या नगर्ने संदेश छाडेको थियो । तर जीवनको जस्तोसुकै परिस्थितिमा पनि आत्माहत्या नगर्ने संदेश दिदादिदै सुशान्त आफ्नै जीवनसंग हारेका छन् ।

 

उनले समाजिक संजालमा पछिल्लो समय गरेका पोष्टहरुले उनि केहि न केहि मानसिक तनावबाट गुज्रिरहेको देखिन्छ। केहि दिन अगाडी इन्स्टाग्राममा उनले आमाको तस्विर शेयर गर्दै सोहि भाव पोखेका थिए । जीवनको एक्लोपनले पनि कहिँ कतै उनलाई खाएको हुन सक्छ ।

What do you think?

Written by Filmy News

पाथिभरामाताले सबैको रक्षा गरुन्, दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

लकडाउनमा घरमै याेगा गर्दै अभिनेत्री तापसी पन्नु