‘द भ्वइस अफ नेपाल’ रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीकाे आफ्नै स्वरमा रहेको ‘सम्झी रुना रुना’गीत सार्वजनिक भएको छ।उनकै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्। विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्। ‘आँखा देख्ने भए, मलाई हेप्ने समाज हेर्ने थिएँ’ दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमशस् बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्। भिडियो
