विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले प्रायजसो मानिस होम क्वारेन्टाइनमा छन् । फिल्म हललगायत मनोरञ्जनका क्षेत्र बन्द छन् । यो समयमा धेरैजसोले फिल्म हेर्ने, किताब पढ्ने लगायतका काममा आफूलाई व्यस्त राखेका छन् । पहिल्लो समय युट्युबमा अपलोड भएका फिल्मले अनलाइनमा राम्रो भ्युज पाएका छन् ।

यस्तै तीन दिनअघि युट्युबमा अपलोड भएको नेपाली फिल्म पोइ पर्यो काले अहिले नेपाली युट्युब टेन्डिङमा छ । अहिलेसम्म साढे तीन लाखले फिल्म हेरिसकेका छन् । पोइ पर्यो काले सामाजिक प्रेमकथामा आधारित फिल्म हो । राजीव गुरुङ र सरोज नेपाली निर्माता भएको उक्त फिल्मलाई शिशिर रानाले निर्देशन गरेका छन् । सौगात मल्ल, सृष्टि केसी, पूजा शर्मा, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय रहेकाे छ ।
