in

थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि, संक्रमितकाे ३५ हजार ५२९ पुग्याे

नेपालमा पछिल्लो २४ घण्टामा आज बिहीबार थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । जसमा १ हजार १११ जनामा सङ्क्रमण देखिएको उनले बताएका छन् ।

 

देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा २० हजार ७३ पुगेको छ । देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका छन् ।

What do you think?

Written by Filmy News

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतककाे संख्या १ सय ८३ पुग्याे

लिंगको आकार कत्रो भए महिलालाई शारीरिक यौन सम्पर्क गर्दा आनन्द मिल्छ ?