in

थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ९४ हजार नाघ्याे

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १०८ पुगेको छ ।

 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८१२ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ। यो कुल संक्रमितको ८१.१ प्रतिशत हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । आईसीयूमा उपचाररत संक्रमितको संख्या ३९८ रहेको छ भने ८२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

 

What do you think?

Written by Filmy News

चित्रकार चित्र बहादुरले बनाए सिताराम कट्टेल ‘धुर्मुस’को दुरुस्तै मुर्ती

नेहा कक्कड र रोहनप्रीत हनीमुनका लागि दुबईमा