in

थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्याे

नेपालमा आज सोमबार थप ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६४ पुरुष र १ सय १२ महिला गरी कूल ४ सय ७६ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आज सोमबार थपिएका सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । तीमध्ये एक हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष रहेका छन् । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या ३ हजार १ सय ३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । हालसम्म नेपालका ७७ वटै जिल्लामा नै कोरोना सङ्क्रमित भेटिएका छन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

प्रसिद्ध गजलकार दीपक समिपको ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक