Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    दाङका १५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    दाङमा हालसम्म १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १२ जनामा कोरोना संक्रमण देखिसकेकोमा शुक्रवार मात्रै ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना डाक्टर दुई अहेवसहित शुक्रवार ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । यसअघि राप्ती स्वास्थ्य विज्ञान पतिष्ठानका ७ जनामा कोरोना संक्रमण देखिएको थिषे भने घोराही उपमहानगरपालिकाका ५, गढवाका २, राजपुरका १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

    यसैबीच दाङमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । शुक्रवार जिल्लाका ७५ जनामा कोरोना पुष्टि भएसँगै संख्या ४ सय ५५ पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments