अभिनेता दीपकराज गिरीले सबैलाई घमन्ड त्याग्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै सबैलाई घमन्ड त्याग्न अनुरोध गर्दै आफूले पनि त्याग्ने बताएका हुन् ।
उक्त भिडियोमा गिरीले लकडाउनको दिन गन्नु भन्दापनि आनन्दले घरमा रहन अनुरोध गर्दै यसो गर्दा सहज हुने बताएका छन् । लकडाउनमा आफूले बलिउड फिल्म ‘सञ्जु’ हेरेर धेरै कुरा सिकेको बताएका छन् । दिपकले लकडाउनको कारण दुर्घटनाहरु समेत कम भएको उल्लेख यसलाई लकडाउनको सकारात्मक पक्षको रुपमा लिएको बताएका छन् ।

