भारतका चर्चित कलाकारहरुले तयार पारेको एक भिडियो अहिले चर्चामा छ । अमिताभ बच्चनदेखि रणवीर कपुरसम्म र साउथका सुपरस्टार रजनीकान्तदेखि चिरञ्जीवीसम्मको अभिनय रहेको यो भिडियोको बिषयलाई निकै रुचाइएको छ ।
उक्त भिडियो हेरिसकेपछि कलाकार दीपकराज गिरीले हामीलाई एक्लै हिरो बन्ने बानी भएको बताउँदै भारतीय कलाकारबाट धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गरेका छन् ।

दीपक लेख्छन्–‘भारतमा सबै कलाकारहले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौ । तर, हामीले गर्दा चन्दा किन उठाएको, श्रमिकको अपमान भयो, यसले यति दियो, उस्ले यति दियो भनेर नकारात्मक फैलायौँ ।’
