कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनी प्राय सामाजिक सञ्जाल फेसबुकमा समसामयिक विषयमा स्टाटस पोष्ट गरिरहेका हुन्छन्।

यसैबीच हालै दीपकले फेसबुकमा एउटा तस्विर पोस्ट गरेका छन्। उनले तस्विर पोस्ट गर्दै आजकाल मान्छेसँग नै डर लाग्न थालेको क्याप्सनमा उल्लेख गरेका छन्। ‘पहिला बाघ, भालुसँग डर लाग्थ्यो, आजकाल मान्छेसँग नै डर लाग्छ। तर, जे हुँदैछ केहि न केहि राम्रोको लागि हुँदैछ,’ उनले लेखेका छन्।
उनले विश्वभर फैलिएको कोरोना भाइरसका कारण मान्छेसँग नै डर लाग्न थालेको बताएका हुन्। त्यस्तै कोरोनाको समयमा काठमाडौंमा देखिएको चिल्लो सडकको वर्णन गर्दै दीपक लेख्छन्, ‘हामी घर बस्दा बस्दा फुस्रो भयौँ सडक चाहिँ चिल्लो हुँदैछ।’
