दु:खले छोडेको ठाउँमा गहिरो डाम छ
लाग्दैन तिम्रो आँसुले अरू आँसु थाम्छ ।
हिजो गोप्य छोडेको थिएँ मेरो औकात
आज म गोप्यमा छु, ऊ खुलेआम छ ।

रहरले लुटिसकेछ मेरो आजादी भन्नु
पल्टाएर हेर्छु जिन्दगी उसकै नाम छ ।
हिजोलाई पुन,पढी हेर्दा झ्याउ लाग्यो
भोलि पनि केवल हिजोकोु लगाम छ ।
बुद्ध बन्न खोज्नेहरू अगाडि बढेका छन्
ती पाप गरेर हिँड्नेलाई पनि सलाम छ ।
दिल प्रकाश मगर
