in ,

धुर्मुस भन्छन्-‘सेन्टीभाइरस’ले दर्शककाे मन जित्छ

आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टीभाइरस’ को चर्चा छ । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस)पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् ।उक्त चलचित्रको प्रचारका लागि यतिबेला राजधानीमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको चलचित्र ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

https://youtu.be/pzo8j7xH-_A

 

‘हामीले सन्देशसहित दर्शकलाई मनोरञ्जन दिने खालको चलचित्र बनाएका छौं, यो चलचित्रको आधा नाफा चितवनमा बन्दै गरेको रंगशालाको सहयोगार्थ हुन्छ,’ कट्टेलले भने, ‘चलचित्र मनोरञ्जनमूलक बनेको छ, समय दिन पाएको भए अझै राम्रो बन्थ्यो भन्ने चाहिँ लाग्छ ।’रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म लामो समयदेखि बन्ने चर्चा थियो । आफ्नो व्यस्त समयका कारण धुर्मुस फिल्मको प्रचारका लागि खासै हिँड्न पाएका छैनन् ।

 

फिल्ममा धुर्मुसका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।कमेडी रुचाउने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ । यसअघि रिलिज भएको फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् भने कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेका हुन् ।चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शंकर बिसीको कोरियोग्राफी रहेकाे छ ।

https://youtu.be/AOBPRe1cQ1o

What do you think?

Written by Filmy News

‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसिन् उर्वशी राउटेला

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल