in , ,

धुर्मुस-सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट १ करोड १५ लाखमा बिक्री

सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो ।१ करोड १५ लाखमा फिल्मको विदेश राइट बिक्री गरिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए ।

https://youtu.be/pzo8j7xH-_A

नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस)ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यस अगाडि निर्माण युनिटले घोषणा गरेको छ ।

शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने फिल्म कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको फिल्म सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो । डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा फुर्पा ह्याल्मो रहेकी छन् ।

https://youtu.be/AOBPRe1cQ1o

What do you think?

Written by filmy news

नायिका करिश्मा मानन्धर – आज ४८औं जन्मदिन मनाउँदै

तस्बिरमा हेर्नुहोस् आजबाट ४८ बर्ष लागेकी सदाबहार नायिका करिश्मा मानन्धर