Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘नाइँ नभन्नू ल–६’नायिकामा वर्षा

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    नेपाली चलचित्रकै सबैभन्दा धेरै शृंखला ‘नाइँ नभन्नू ल’को छैटौं शृंखला पनि निर्माण हुँदै छ । यो शृंखलाका विगतका सबै फिल्म सफल छन् ।

     

     

    चैत महिनामै अन्तिमबाट छायांकन गर्ने लक्ष्य लिइएको चलचित्र ‘नाइँ नभन्नू ल–६’ को छायांकन पनि केही समय पछि सरेको छ । यो चलचित्रलाई पनि विकास आचार्यले नै निर्देशन गर्दै छन् । लकडाउनकै समय घरमै बसेर उनले चलचित्रको बाँकी तयारी गरिरहेका छन् ।

     

     

     

    यो चलचित्रको नायिकामा वर्षा राउत चयन भएकी छन् । वर्षालाई विकासले नै चलचित्र ‘नाइँ नभन्नू ल–४’ बाट नेपाली चलचित्र वृत्तमा नायिकाको रूपमा ल्याएका हुन् । वर्षाले अघिल्ला दुई चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’को छायांकन सकेपछि चलचित्र नाइँ नभन्नू ल–६ लाई समय दिने भएकी छन् । यो चलचित्रका लागि अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतलगायतका कलाकार यसअघि नै चयन भइसकेको छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments