Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    ‘नाई न भन्नू ल ६’ मा अनुभव र सेड्रिना

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    सर्वाधिक सिक्वेलको कीर्तिमान राखेको विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ ।

     

     

    चैतबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले निर्देशक आचार्य कलाकार छनोटमा लागेका छन् । चलचित्रमा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही चलचित्रको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए । चलचित्र ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलाबाट अनुभव छुटेका छैनन् । उनी बिना यो फिल्मको सिरिज अधुरो मानिन्छ ।

     

    त्यस्तै, सेड्रिनाले ‘नाईं नभन्नू ल ५’ मा लोभलाग्दो काम देखाएकी थिइन् । हाल भारतमा बसेर अध्ययन गरिरहेकी उनले दोस्रो फिल्म पनि आफूलाई ‘स्टार’ बनाएको ‘नाईं नभन्नू ल’ कै छैठौं सिरिज रोजेकी छन् । चलचित्रको कथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर लेखिरहेका छन् ।

     

     

    ‘नाईं नभन्नू ल ६’ मा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहेको जानकारी छ । यसपटक चलचित्रमा तीन अभिनेत्री र एक अभिनेता हुनेछन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments