in

नायक पल शाहले अनाथ बालबालिकाहरूलाई खुवाए खाना

लकडउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकको लागि ५ लाख सहयोग गरेपछि नायक पल शाहको चौतर्फी प्रशंसा भइरहेको छ । धेरैले पलको तारिफ गरेका छन् ।

 

 

यस्तैमा, पलले सोमबार साँखुमा रहेको एक आश्रमा पुगेर त्यहाँ रहेका अनाथलाई खाना खुवाएका छन् । द्वन्द्व पिडित तथा अपाङ्ग सेवामा रहेका ५५ अनाथलाई उनले खाना खुवाएका हुन् । समाजसेवी विमल पन्तको टिमसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् । पलले भने, ‘त्यहाँ २ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरु हुनुहुँदो रहेछ । उहाँहरुलाई हमीले खाना खुवायौँ । साथै केही चामल र तरकारीहरु पनि सहयोग गरेका छौँ ।’

 

 

पल आफ्नो समाज सेवा अरुलाई प्रोत्साहित गर्न भएको बताउँछन् । उनले भने, ‘मैले अरु समाजसेवीसँग टिमअप गरेर सहयोग गर्नुको कारण भनेको अरुलाई पनि समाज सेवाको लागि प्रोत्साहित गर्नको लागि हो । अहिलेको समय निकै समस्याजनक समय छ । यस्तो समयमा हरेकले आफ्नो तर्फबाट सहयोग गर्न जरुरी हुन्छ ।’ पल शाह लकडाउनको समयमा मात्र होइन, अरु समय पनि समाजसेवामा निकै सक्रिय छन् ।

What do you think?

Written by Filmy News

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई नायिका आँचल शर्माले गरिन् सहयाेग