in

नायिका पूजा शर्माको बारेमा चर्चा मात्रै बढी

नेपाली सिनेजगतको पछिल्लो समयमा चर्चामा छाइरहने नायिका हुन् पूजा शर्मा । उनको काम अभिनयमा मात्र सिमित नभइ पूजा निर्मात्री समेत बनिसकेकी छिन् ।

तर २०७६ सालमा सबैभन्दा बढी चर्चा हुने नायिकाहरु मध्ये पूजा पनि एक हुन् । अझ २० लाख पारिश्रमिक लिएको भनेर उनको चर्चा निकै चलेको थियो । यस वर्ष पूजा अभिनित एक मात्र ‘फिल्म पोइ पर्यो कालो’ रिलिज भयो । तर, चलचित्रले न त दर्शककाे मन जित्न सक्याे न त लगानी नै उठाउन सक्यो ।

 

उनी अभिनित अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको संघारमा कोरोनाको प्रकोपमा पर्यो । चलचित्रको प्रचार सामग्रीले भने हाइप पाएको थियो । वर्ष भरिजसो पूजा व्यस्त भइन् । फिल्म सम्झना विर्सनाको छायाकंन सकेर अर्को चलचित्र ‘मन परेसि पर्यो’मा पूजा आवद्ध भइन् । तर, उनी माथि भरोसा गरेर गरेको लगानी भने निर्माताले उठाउन समेत नसक्ने अवस्था आएको छ ।

 

सामाजिक संजालमा पूजाका डाइहार्ट फ्यानहरु धेरै छन्, जसले सामाजिक सञ्जालमा क्याम्पेनिङ समेत गर्दछन् । तर, पूजाका चलचित्रहरुको कमाई हेर्दा ति फ्यानहरु उनका चलचित्र हेर्न भन्दा पनि सामाजिक सञ्जालमा उनको समर्थन गर्न सक्रिय रहेको अनुमान गर्न सकिन्छ । ठुलो रकम पारिश्रमिक लिने नायिकाहरुमा दरिएकी पूजाले पारिश्रमिक त पाइन् तर उनले अभिनय गरेका चलचित्रले दर्शकको माया र साथ भने पाएको देखिएन ।

What do you think?

Written by Filmy News

श्रीमतीसहित ६ बच्चालाई बाइकमा हालेर हिँडिरहेका एक व्यक्ति, कारण थाहा पाएपछि प्रहरीनै चकित

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल