रमेश वन गोसाईको निर्देशनमा बनेको चलचित्र ‘कोभिड १९’ युट्युबमा सार्वजनिक भएको छ । कोरोनाभाइरसका कारण मानिसलाई परेको विभिन्न समस्यालाई समेटेर तयार पारिएको छोटो चलचित्र ‘कोभिड १९’ बिहीबार युट्युबबाट प्रदर्शनमा आएको हो ।
चलचित्रमा नारायण राई प्रपोज राई र दिलमाया विश्वकर्माको मुख्य अभिनय रहेको छ । राजबहादर सानेको लेखन रहेको यस फिल्ममा चेतन सागरले सम्पादन गरेका छन् । फिल्ममा कोरोनाको त्रासले मानिसमा परेको समस्या र विपन्न परिवारले भोग्नु परेको समस्याबारे देखाइएको छ ।

हेर्नुहोस् पूरा फिल्म
