in

नेपालमा काेराेना संक्रमणबाट थप एक पुरुषकाे मृत्यु

नेपालमा आज शनिबार काेराेना भाइरस (काेभिड- १९) काे संक्रमणबाट थप एक जना पुरुषकाे मृत्यु भएको छ ।  चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित ५० वर्षीय पुरुषको ज्यान गएको हाे । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।  शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

What do you think?

Written by Filmy News

सवारी दुर्घटनामा दुई युवकको मृत्यु

चलचित्रमा निकै नराम्रो व्यवहार भोगेकी छु, सबै कुरा भन्नै सक्दिँन : नायिका साम्राज्ञी