in

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७ पुग्याे

नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेकी छिन् ।

 

ती महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा प्रहरीले भेटाएको थियो । र उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा शुक्रवार नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनको पहिचान नभएको र कहाँको भनि खोजी कार्य भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।

What do you think?

Written by Filmy News

सिन्धुलीका थप तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि

बैतडीका थप २९ जनामा कोरोना संक्रमण पुष्टि