in

नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्याे

नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १२ हजार ३०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका स्वाब परीक्षणका क्रममा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन्। देशभर २८३४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ।

What do you think?

Written by Filmy News

जीवनमा संघर्ष पर्दा पनि रमाउन सिक्नुपर्छ : नायिका रेखा थापा

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल