नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् ।आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका छन् ।उनी शीर्ष २० भित्र परेका छन् ।२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।
काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

