Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नेपाल ग्यालरीले ‘म्युजिक फर पिस’ नामक भर्चुल कार्यक्रम सन्चालन गर्दै

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् । यहीवेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल ‘म्युजिक फर पिस’ नामक कार्यक्रम सन्चालन गर्ने भएको छ ।

     

     

    नेपाल कोरोना बाट ग्रसित भएको बेला घर मै बसेर आफ्ना दर्शक स्रोता हरु सङ कुरा कानि का साथमा मा आफ्ना प्रस्तुति हरु बाट कलाकारहरुले मनोरन्जान प्रदान गर्ने छन् । जुन बैशाख ७ गते आइतबार बाट सुरु हुने छ हरेक दिन ५ बजे नेपाल ग्यालरीको अफिसियल फेसबूक पेज र ग्रुप बाट हेर्न सकिने छ । यो हप्ता गायिका श्रीङखला जोशी , नेपाल आइडलकी प्रतियोगी ममता गुरुङ गायक टंक तिमिल्सिना चेतन बोहरा सुदिप साजन आदि कलाकारहरु को प्रस्तुति रहने छ ।

     

     

    कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जनाप्रेमीमाझ यसको प्रभावकारिता देखिने बिस्वास राखिएको छ । किनकि, लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् । भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हो ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments