Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    नेहा कक्कड आक्रोशित हुँदै पूर्वप्रेमीलाइ दिइन् कडा चेतावनी

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    भारतीय गायिका नेहा कक्कड आक्रोशित हुँदै पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीलाई सामाजिक सञ्जालमा पोस्ट गरेर गालीसहितको धम्की दिएकी छन्।पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीले उनीहरूको ब्रेकअपबारे अन्तर्वार्ता दिएपछि गायिका कक्कडले उनलाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका कक्कडले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अभिनेता कोइलीले आफ्नो छवि खराब गरेको आरोप लगाएकी छन्।

     

     

    ‘जसले मेराबारे नराम्रो भनिरहेका छन्। उनीहरू झुठा हुन् र मेरो सफलता देखेर ईश्या गरिरहेका छन्। उनीहरुलाई मेरो नाम लिएर चर्चा कमाउनु छ। चर्चा कमाउन मन भए कामबाट प्रभावित गर,’ उनले पोस्टमा लेखेकी छन्।पोस्टमा अभिनेता कोइलीको नाम उल्लेख नभएपनि उनीप्रति लक्षित गर्दै गायिका कक्कडले पूरा परिवारको पर्दाफास गर्न सक्ने चेतावनी दिएकी छन्।‘मैले मुख खोले भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत सार्वजनिक हुनेछ। उनीहरूले मलाई कस्तो व्यवहार गरेका थिए भनेर सबैले थाहा पाउनेछन्। मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोशिस नगर,’ उनले लेखेकी छन्।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments