छ न त यो समयको साजिस उस्तै छ ।
र पनि मेरो मान्छे बन्ने कोसिस उस्तै छ ।
पत्थर र मैले संगैसंगै छिनु खाएका हौं ।
ऊ भगवान बन्यो यो मानिस उस्तै छ ।
आउँछ थप्पड लगाउँछ म मौन बसिदिन्छु ।
खै किन म प्रति दुश्मनको रिस उस्तै छ ?

झुप्राहरुले कुन न्यायको आश गरेका हुन् ?
जब कानुन उस्तै छ न्यायाधीश उस्तै छ ।
हेर मेरा यी हात त ठेलाले भरिएका छन् ।
तिम्रो नङ्गमा पो प्रिया पालिस उस्तै छ ।
आर सी संकल्प
