Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज  चैत्र ०७ शुक्रवारको राशिफल

    मेष
    नयाँ तथा शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । कला र गलाको प्रभाव बढ्नेछ ।

     

    मिथुन
    सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

     

    सिंह
    आज आफन्त संग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

     

    तुला
    बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

     

    धनु
    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

     

    कुम्भ
    लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्म विश्वासमा कमी आउनेछ ।

     

    बृष
    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

     

    कर्कट
    आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ ।

     

    कन्या
    शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

     

    बृश्चिक
    अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

     

    मकर
    सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

     

    मीन
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावनापनि प्रवलछ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments