Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज  १३ आषाढ २०७७ शनिवार को राशिफल

     

    मेष
    शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

     

    मिथुन
    आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

     

    सिंह
    आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

     

    तुला
    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

     

    धनु
    आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

     

    कुम्भ
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

     

    बृष
    अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

     

    कर्कट
    मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

     

    कन्या
    आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

     

    बृश्चिक
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

     

    मकर
    स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने र खर्चसमेत बढ्ने योग छ ।

     

    मीन
    भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ । -ज्यो.प.नारायणप्रसाद दुलाल

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments