in

पाथिभरामाताले सबैको रक्षा गरुन्, शेयर गर्दै पढ्नुहोस् आजको राशिफल

आज – १६ आषाढ २०७७ मंगलवार को राशिफल

मेष
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

सिंह
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला
धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

बृष
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृश्चिक
आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्यापनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

मीन
आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । -ज्यो.प.नारायणप्रसाद दुलाल

What do you think?

Written by Filmy News

प्रसिद्ध गजलकार दीपक समिपको ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक

आज हास्यकलाकार सुन्तलीको जन्मदिन