Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पाथिभरामाताले सबैको रक्षा गरुन्, यस्तो छ आजको राशिफल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज माघ २९ बुधवारको राशिफल

    मेष
    छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

     

    मिथुन
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउनेछ ।

     

    सिंह
    धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।

     

    तुला
    ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

     

    धनु
    अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

     

    कुम्भ
    दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

     

    बृष
    आज कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुरानो रोकिएको धन हातापनि पर्न सक्छ ।

     

    कर्कट
    आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ ।

     

    कन्या
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योगपनि रहेको छ ।

     

    बृश्चिक
    राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । वाहन लाभको योग छ ।

     

    मकर
    सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । रमाइलो यात्रापनि हुनेछ।

     

    मीन
    सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments