Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    पाथिभरामाताले सबैको रक्षा गरुन्, दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज – २८ जेठ २०७७ बुधवार को राशिफल

    मेष
    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

     

    मिथुन
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

     

    सिंह
    धर्म,कर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

     

    तुला
    आज आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । नयाँ कार्यको योजना रोजगारको अवसर मिल्नेछ ।

     

    धनु
    शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

     

    कुम्भ
    गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

     

    बृष
    कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

     

    कर्कट
    आज लाभ, हानी, आय, व्यय, सुख, दुस्ख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

     

    कन्या
    शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

     

    बृश्चिक
    विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

     

    मकर
    आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

     

    मीन
    मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी मायाँ एवं समझदारी कायम रहनेछ । -ज्यो।प। नारायणप्रसाद दुलाल

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments