in ,

पार्किङ गरेको बसभित्र मध्यरातमा युवायुवतीलाई यस्ताे अवस्थामा भेटिएपछि…

पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो।

 

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । ‘बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताएका छन् ।’

 

प्रहरीका अनुसार पक्राउ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरीलाई बयान दिएका छन् । प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

What do you think?

Written by Filmy News

दुई मिटर टाढाबाटै कोरोना संक्रमित भएको पत्ता लगाउने एप आयो

बलिउड अभिनेता ऋषि कपुरको निधन