केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छ । सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा निकै चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।
उक्त भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गाली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आलोचना गर्न थालेका छन् ।सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् ।

सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’ सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।
