चर्चित अभिनेता सौगात मल्ल र पूजा शर्माको फिल्म ‘पोइ पर्यो काले’ युट्युबमा सार्वजनिक गरिएको छ । शिशिर राणाको निर्देशनमा बनेको यस फिल्म शुक्रबार युट्युवमा सार्वजनिक भएको हो । चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ ।

नेपालमा पनि कोरोनाका ३ संक्रमित देखिएपछि मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । लकडाउनको समयमा मानिसहरु मनोरञ्जनबाट टाढिन बाध्य भएका छन् । यसै समय दर्शकहरुलाई मनोरञ्जन दिन शिशिर राणाको निर्देशनमा बनेको फिल्म पोइ पर्यो काले’ युट्युबमा सार्वजनिक गरिएको हो । यस फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
