प्यूठानमा शनिबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे संगै प्यूठान जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ सय ५८ पुगेको छ ।
प्रदेश जनस्वास्थय प्रयोगशालामा गरीएको परीक्षणमा जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ । कार्यालयका अनुसार माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक ७ जना र नौबहिनी गाउँपालिकाका ३ जना रहेका छन् ।
आज भेटिएकामध्ये ४४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुको उमेर १८ देखि ६० वर्षबीच रहेकोछ ।झिमरुक गाउँपालिकामा पहिलो पटक कोरोना भाइरस संक्रमण फेला परेको छ । यससागै प्यूठानका सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

