Friday, May 7, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    प्रियंका कार्की र आयुष्मान देशराजको विवाह फागुन १७ मा पक्का

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । प्रेममा रहेको लामो समय पछि टिकाटोलो गरेको यो जोडीले विवाहका विभिन्न मितिहरु सार्दै आएका थिए ।

     

    अब भने यो जोडीले आगामी फागुन १७ मा लगन गाँठो कस्ने पक्का गरेका छन् । टिकाटालो गरेकाखे करिव २ वर्षपछि यो जोडी वैवाहिक बन्धनमा बाँधिन लागेको हो । प्रियंका कार्कीले थाइल्यान्डमा पुगेर केहिदिन अघि मात्रै ब्याचलर पार्टी गरेकी थिईन् । आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताईएको छ ।

     

    गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए ।सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । हुन त आयुष्मान र प्रियंकाको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।

     

    गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा प्रियंकाले अर्को वर्ष मात्र विवाह गर्ने बताएकी थिइन् । तर, केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए । प्रियंका र आयुष्मान केही दिनका लागि शुक्रबार बिदेश उड्दैछन् । फर्किए पछि बिवाहको निम्तो बाड्ने उनीहरुको योजना रहेको बताइएको छ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments