Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    प्रेमीकालाई शारीरिक सम्पर्कको लागि मनाउनुहाेस् यसरी

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ-आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन ।

     

    जब प्रेममा मन भन्दा बढी शरीर हावी हुन थाल्छ, केही न केही गडबड सुरु हुन्छ । तर, सबैको हकमा कहाँ यस्तो हुन्छ? हरेक प्रेम सम्बन्धमा स्नेह र प्रगाढता त हुनै पर्छ साथसाथै एकअर्कालाई बुझनु पनि जरुरी छ । प्रेमिकाद्वारा नयाँ कपडा पहिरिएर आएमा उनको प्रशंसा गर्नु, उनको सराहना गर्दै उनको हात चुम्ने जस्ता ससाना कुराहरु सम्बन्धमा मजबुतीको लागि धेरै जरुरी छ ।प्रेमिकालाई तपाइर्ंले शारीरिक सम्बन्धको लागि मात्रै उनलाई चाहनुहुँदैन उनी प्रति तपाईंको लगाव सम्बन्ध भन्दा धेरै महत्वपूर्ण छ भनेर यस्तै कुराहरुले बताउँछ ।

     

    आजभोली प्रेमको तरिकामा मात्रै होइन यसको मान्यतामा पनि परिवर्तन आइरहेको छ । युवाअवस्थामा विपरितिलिंगी प्रतिको आकर्षणले युवायुवतीलाई एकअर्का बीचमा प्रेमको बन्धनमा बाँध्छ । र, विस्तारै भेटघाट, कुराकानी र एकअर्काप्रति समर्पित हुने सम्मको सम्बन्ध बन्छ ।प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ शारीरिक सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र शारीरिक सम्बन्धको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएरसबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ । यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसके पछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमीकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एकअर्कालाई चाहने, मिठोमिठो कुरा गर्ने, छेडछाड र शारीरिक सम्बन्धपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् ।प्रेमीकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो चाहनालाई आँफै बुझोस र मायालु व्यवहार गरोस भन्ने चाहन्छन् ।

     

     

    धेरै युवतीहरुले उनीहरुको शारीरिक सम्बन्धको चाहनाहरुलाई प्रेमीले आँफै बुझोस् भन्ने चाहन्छन् । नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफ भन्छिन्, ‘धेरैजसो प्रेमीले आफ्नो प्रेमीकाको शारीरिक सम्बन्धको चाहनालाई प्राथमिकता दिन चाहँदैनन् ।’पामेलाले यस विषयमा अध्ययन गर्दा प्रेमीकाहरुको मनको कुरा थाहा पाइन् । उनलाई केही यस्ता शारीरिक सम्बन्धको प्राथमिकता थाहा भयो जसलाई प्रेमीकाले आफ्नो प्रेमीसँग भन्न चाहन्थे तर भन्न सक्दैन थिए ।

     

    रोमान्टिक माहौल
    पूर्ण समर्पणको चाहना
    झुठो प्रशंसाको आवश्यकता छैन
    सम्भोगपछि पनि ध्यान दिनुपर्छ
    गाला, ओठ चुम्नुहोस्
    उत्तेजनाको लागि रोमान्टिक मुड जरुरी

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments