in ,

फिल्म ‘२ नम्बरी’ मा दयाहाङ राईको जोडी भुटानी अभिनेत्री (भिडियोसहित)

निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन् । भुटानी फिल्म निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेनले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । यही फागुन २८ गतेबाट छायांकनमा जान लागेको फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ ।राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उगेन छोदेन फिल्ममा भित्रिएको जानकारी गराएको हो । निर्देशक लामाले फिल्ममा उनी भुटानी नागरिककै भूमिकामा रहने बताए । ‘उहाँसँग मेरो एक फिल्म फेस्टिभलमा भेट भएको थियो । त्यहाँ उहाँले अभिनय गरेको फिल्म हेर्ने मौका पाएको थिएँ,’ निर्देशक लामाले उगेनसँगको भेट स्मरण गर्दै भने ।

https://youtu.be/s9T08uLMf50

अभिनेत्री उगेनले नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी फिल्म प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको उनको भनाई छ । ‘राजेश हमाल, पल शाह, दयाहाङ राईको भुटानमा ठूलो क्रेज छ । नेपाली फिल्म भुटानी दर्शकले निकै मन पराउँछन्,’ उनले नेपाली भाषा भुटानी लवजमा भनिन् । उनी ‘कबड्डी’ हेरेपछि अभिनेता दयाहाङ राईको फ्यान भएकी रहेछिन् । उनले अगाडि थपिन्, ‘दयाहाङ राई मेरो फेभरेट अभिनेता हुनुहुन्छ । उहाँले अभिनय गर्नुभएको प्रायः सबै फिल्म हेरेको छु । मलाई उहाँको ‘घामपानी र कबड्डी’ निकै मनपर्छ । ‘कबड्डी’ हेरेपछि त म उहाँको फ्यान भएकी थिएँ । आज उहाँसँगै स्क्रिन साझेदार गर्ने अवसर पाउँदैछु । म आफूलाई भाग्यमानी ठान्छु ।’

 

अभिनेता दयाहाङले उगेनसँग स्क्रिन साझेदार गर्न आफू उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेको फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

https://youtu.be/s9T08uLMf50

What do you think?

Written by filmy news

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल