in

फोन उठाउनेबित्तिकै ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?अब थाहा पाउनुहाेस्

मोबाइल वा ल्यान्डलाइनमा कल उठाउँदा हेलो भन्ने शब्दकाे उच्चारण गरिन्छ । किन यसो गरिन्छ त ? यसको एक रमाइलो इतिहास छ ।

 

अक्सफोर्ड इंग्लिश डिक्सनरीका अनुसार ‘हेलो’ शब्द प्राचीन जर्मन शब्द ‘होला’बाट बनेको हो । ‘होला’को अर्थ हुन्छ ‘के छ ?’ प्राचीन समयमा उक्त शब्दको प्रयोग सामुुद्रिक यात्राको क्रममा जहाजका मान्छेले गर्थे । अंग्रेजी साहित्यका पिता मानिने जोफ्रे चोसरको पालामा यो शब्द हालो भनी उच्चारण गरिन्थ्यो भने शेक्सपियरको पालामा हालू भनिन्थ्यो । पछि यसलाई हालवा, हालूवा, होलो पनि भनियो ।

 

 

टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले १८७६ मा आविष्कारको पेटेन्ट राइट लिएका थिए । पहिलोचोटि उनले आफ्नी प्रेमिकालाई फोन गरे । प्रेमिकाको नाम मार्गरेट ह्यालो थियो । उसैलाई बेलले मायालु पारामा ह्यालो भनी बोलाए । टेलिफोन बजारमा आउन थालेपछि मान्छेले ‘कोही हुनुहुन्छ ?’ भन्थे ।’

 

 

आफ्नो आवाज फोन गरिएको व्यक्तिले सुन्यो कि सुनेन भन्ने पत्ता लगाउन यो प्रश्न गरिन्थ्यो । तर बेललाई यति लामो शब्दावली प्रयोग गरिएको चित्त बुझेको थिएन । उनले प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई चिट्ठी लेखेर टेलिफोनमा बोलिने पहिलो शब्द हेलो हुनुपर्ने सुझाव दिए ।

 

 

टेलिफोनका आविष्कारकको यो सुझाव लागू गर्ने निर्णय भयो र सबैले हेलो भन्न थाले । आजकल त सबैले फोन उठाउनेबित्तिकै हेलो भन्छन् ।

What do you think?

Written by Filmy News

लकडाउनका बेला कालो चिया बनाउन सिकेकी रीमा बनिन ट्रोलकाे सिकार

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल