Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ लाई पब्लिक च्वाइस अवार्ड

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ले पब्लिक च्वाइस अवार्ड जितेको छ । निर्देशक विनोद पौडेलले फेसबूकमार्फत अवार्ड जितेको जानकारी गराउँदै खुशी शेयर गरेका छन् ।अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स उडेका थिए । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका छ ।

    ‘बुलबुल’ ले नेपालमा पनि कैयन् अवार्ड हात पारिसकेको छ । फिल्ममा विदेश गएका पतिको पर्खाइमा बसेकी एक नारीको जीवनमा आएको उतारचढावलाई देखाइएको छ ।मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत शीर्ष भूमिका रहेको यो फिल्म समीक्षात्मक हिसाबले उत्तिकै रुचाइएको थियो । हाल यो फिल्म फोपी एपमा उपलब्ध छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments