बलिउड अभिनेता इरफान खानकी आमा साइदा बेगमको शनिबार मृत्यु भएको छ। तर, बेलायतमा रहेका इरफान भने आमाको अन्त्यष्टिमा भारत फर्किन पाएका छैनन्।इरफान क्यान्सरको उपचारको लागि बेलायत पुगेका थिए। लकडाउनको कारण उनी जयपुर फर्किन पाएका छैनन्।
उनी ९५ वर्षीया आमा साइदा लामो समयदेखि अस्वस्थ थिइन्। उनका नजिकका साथीहरुले इरफान सम्पर्कमा नआएको बताउका छन्।उनी बलिउड फिल्म ‘अंग्रेजी मिडियम’को छायांकनपछि बेलायत गएका थिए। त्यही उपचार चलिरहेको थियो। ‘अंग्रेजी मिडियम’मा सहकार्य गरेका दीपक डोब्रियाले इरफानको आमा बितेको खबरले दुःखी भएको बताएका छन्। ‘अझै दुःखी त इरफान भाइसँग पाँच महिनादेखि सम्पर्क हुन नसकेको कुराले छु,’ उनले भनेका छन्।

