बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थमा समस्या आएपछि ऋषि कपूर दिल्लीको अस्पतालमा भर्ना भएका हुन् ।केहि समय अघि ऋषि कपूर क्यान्सर जस्तो भयानक रोगसँग संघर्ष गर्दै थिए। जुन उपचारपछि उनी रोगबाट स्वस्थ भएर भारत फर्केका थिए।
यसलाई गम्भीर मानिएको छ किनकि अरमान जैनको विवाहबाट सबै कूपर परिवारका सदस्यहरु अस्पताल गएका छन् । विवाह समारोहमा उनीहरु नृत्य प्रदर्शन गर्न जाँदै थिए।रिपोर्टका अनुसार रणबीर कपूर र आलिया भट्टले पनि फिल्म ‘गंगुबाई काठियावाडी’ को शुटिङ रोकेर दिल्ली अस्पताल आउदै छन् ।

अमेरिकाको न्यूयोर्कमा एक वर्ष उपचार गराएर उनी फर्किएका थिए । क्यान्सर उपचारका लागि न्यूयोर्क पुगेका ऋषि क्यान्सर मुक्त भएको बताइएको थियो । क्यान्सर जस्ता रोगलाई पराजित गरेपछि ऋषि कपूर फिल्म ‘द बडी’ मा देखा परेका थिए । उनी पहिले जस्तो सोशल मिडियामा पनि धेरै सक्रिय छैनन् ।हाल ऋषि कपूरलाई अस्पतालमा किन भर्ना गरिएको हो त्यसको बारे पूर्ण जानकारी आएको छैन ।
