चैत्र ११ गतेबाट सुरु भएको लकडाउन बैशाख १५ सम्म पुगिसकेको छ। लगातारको लकडाउनले दिन बिताउन नै आम मानिसलाई मुस्किल परिरहेको छ। दैनिक जीवन प्रभावित भएको बेला मानिस चलचित्र हेर्ने र आफुलाई मन पर्ने घरेलु काम गरेर समय व्यस्त छन्। यहि बीचमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘बुलबुल’ हेरेर यसको तारिफ गरेका छन्।
उनि लेख्छन्, ‘लकडाउनको वेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या पैदा हुने हुँदा आआफ्नो रूचीरपरिवेस अनुसार विविध गतिविधि गरिरहनुपर्ने मनेविज्ञानवेत्ताहरू बताउँछन्१ त्यसै मेसोमा आज नेपाली फिल्म ‘बुलबुल ‘ सपरिवार हेरियो१सबै हिसाबले उत्कृष्ट रहेछ है ! ‘

विनोद पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, मुकुन भुषाल लगायतका कलाकारको अभिनय रहेको थियो। चलचित्र समीक्षात्मक हिसावले अब्बल ठहरिएको थियो भने स्वस्तिमाले यहि चलचित्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाउन सफल भएकी थिइन्।
लकडाउनको वेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या पैदा हुने हुँदा आआफ्नो रूची/परिवेस अनुसार विविध गतिविधि गरिरहनुपर्ने मनेविज्ञानवेत्ताहरू बताउँछन्!त्यसै मेसोमा आज नेपाली फिल्म ‘बुलबुल ‘ सपरिवार हेरियो!सबै हिसाबले उत्कृष्ट रहेछ है! pic.twitter.com/dcea7M857s
— Baburam Bhattarai (@brb1954) April 9, 2020
https://www.youtube.com/watch?v=YyYLHWplP-Q
https://www.youtube.com/watch?v=nTB0G3TRfrw
