Wednesday, May 12, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    बिग ब्यास लिग खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया उडे

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०-२१ खेल्न मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।सन्दीपले यो सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । उनले डिसेम्बरका सबै खेल गुमाउने छन् ।

     

    कोरोना संक्रमणबाट मुक्त भएर अष्ट्रेलियातर्फ लागेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । १४ दिनको क्वारेन्टिन पछिको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेलका लागि उपलब्ध हुनेछन् । बिग ब्यासमा गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरेपनि स्टार्सले सन्दीपसँग सम्झौता गरेन । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए ।

     

    अघिल्लो महिना संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइपिएलमा दिल्ली क्यापिटल्सले सन्दीपलाई पुरै खेलमा बेन्चमा राखेको थियो । सन्दीपका लागि बिग ब्यास निकै महत्त्वपूर्ण मानिएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments