in

बिल गेट्सकी छोरी जेनिफर गेट्सले गरिन् इंगेजमेन्ट, को हुन् जेनिफरका प्रेमी?

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इंगेजमेन्ट गरेका छिन् । जेनिफरले यस कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत तस्बिर शेयर गरेर दिएकी छन् ।

 

२३ वर्षीय जेनिफरलाई नायेलले एक सुन्दर स्थानमा लगेर प्रपोज गरेका थिए । नायेलले जेनिफरलाई हीराको औँठी दिएर पूरै जीवन उनीसँग बिताउने अनुमति मागे । जेनिफरले तत्काल उक्त प्रस्ताव स्वीकार गरिन् ।जेनिफर र नायेल एकअर्कालाई चार वर्षदेखि चिन्छन् । जेनिफर बिल गेट्सकी जेठी छोरी हुन् । नायेल मिस्र पनि सबैभन्दा धेरै धनी युवाका रुपमा चिनिन्छन् ।

जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’ यस्तै नायेल नसारले पनि इंस्टाग्राममा लेखेका छन्, ‘उनले प्रस्ताव स्वीकार गरिन् । म संसारको सबैभन्दा धेरै भाग्यमानी महसुस गरिरहेको छु ।’

What do you think?

Written by filmy news

आजको राशिफल

प्रियंका कार्की र आयुष्मान देशराजको विवाह फागुन १७ मा पक्का