बैतडीमा आज शुक्रबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा सिगास गाउँपालिकाका २ महिला र १६ पुरुषसहित १८ जना जना, पञ्चेश्वर गाउँपालिकाका ३ महिला र ४ पुरुषसहित ७ जना र पुर्चौडी नगरपालिकाका १ महिला र ३ पुरुषसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएका १३ बर्षदेखि ५० बर्ष सम्मका नागरिक रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिएका छन् ।

