in

भाग्य बलियो भएर पनि कहाँ हुन्छ र प्रिया,छाता नबोकेकै दिनमा अचानक पानी पर्छ(गजल)

तिम्रो भाग हो खाउ जानी पर्छ नजानी पर्छ
आँसु झर्नै लागेको बेला गाँसमा खुर्सानी पर्छ ।

 

भाग्य बलियो भएर पनि कहाँ हुन्छ र प्रिया
छाता नबोकेकै दिनमा अचानक पानी पर्छ ।

 

सस्तो सामान सस्तो मान्छे मन नपर्नु ठिकै हो
महङ्गोमा आँखा राख्यौ अब महङ्गै लगानी पर्छ ।

 

रातारात यी सडक हरु रङ्गिएका छन हेर्नुस्
पोस्टर टास्ने हरु बिच अब खिचातानी पर्छ ।

कृष्ण प्रसाद आचार्य

What do you think?

Written by Filmy News

रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

आज माघ २३ बिहिवारको राशिफल