नायिका मनिषा कोइरालाको कोरोना परीक्षणकाे रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट आमाबाबुसँग नेपाल आएकी कोइराला र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यम मार्फत जानकारी गराएकी छिन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै अघिल्लो हप्ता नेपाल आएकी मनिषा अहिले आमाबाबुसँगै सेल्फ क्वारेन्टाइनमा बसेकि छिन् । नेपाल आएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छिन् । मुम्बइबाट आमाबुवासँग गोरखपुरसम्म जहाजमा आएर त्यहाँबाट स्थालमार्ग हुँदै उनी नेपाल आएकी थिइन् ।
