Saturday, May 15, 2021
More
    •  
    •  
    •  
    •  
    •  
    •  

    Latest Posts

    आज ‘भ्यालेनटाइन डे’ अर्थात् प्रेमसम्बन्ध प्रगाढ बनाउने दिन

    - Advertisement -
    •  
    •  
    •  
    •  
    •  
    •  

    आज भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम गर्नेहरु जोडिहरूको बिशेश दिन ,प्रेम गर्न कुनैको जरुरी हुदैन र प्रेम एक दिन मात्र हुदैन । तर सबै दिन खर्चेर यो एक दिनलाई महत्वपुर्ण र स्मरणिय बनाउन सकिन्छ । भ्यालेनटाइन डे मा प्रेमिहरु एक अर्कालाई खुशी बनाउन मनपर्ने गिफ्टहरु साट्ने, मनपर्ने ठाँउमा घुम्न जाने, सरप्राइज दिने गर्छन् । विश्वभर मनाइदै छ  भ्यालेनटाइन डे।

    सँस्कृतमा माया शब्दको अर्थ भ्रम भन्ने हुन्छ । साधारण बुझाई अनुसार माया मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । माया हरेक प्राणीको बिषेशता हो । एक न एक किसिमको माया हरेकको मनमा रहेको हुन्छ । मायाको आभास माया गर्ने मनहरुमा हरेक दिन रहन्छ । यहि माया गर्ने मनहरुले १४ फेब्रुअरी लाई दिवसको रुपमा मनाउदै आएका छन् ।

    भनिन्छ प्रेम अनन्त हुन्छ अनि अदृश्य पनि,न त यस्को अन्त्य हुन्छ न त रुप नै हुन्छ । प्रेम एउटा महशुस हो, आभाष हो, चाहाना हो । प्रेममा हरेक दिन खास हुन्छ, त्यस्तै केहि खास सम्झना बनाउन, अनन्तमा स्मरण गराउन यो दिनलाई प्रेम दिवसको रुपमा मनाईन्छ ।माया गर्ने हरेक मनहरुलाई प्रेम दिवसको शुभकामना ,यो प्रणय दिवस स्मरणिय बनोस, प्रेमिल महिना फेब्रुअरी मायाले भरियोस । तपाइको प्रेम अमर बनोस ।

     

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments