भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यो महासंकटमा बलिउड अभिनेताहरुले आफुहरुले गर्न सक्ने सहयोग गरिरहेका छन् । बलिउड मेगास्टार अमिताभ बच्चनले पनि प्याकेटमा खाना बाँड्न सुरु गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले २००० प्याकेट खाना वितरण गर्न सुरु गरेका छन् । त्यस्तै आवश्यक पर्ने अन्य सामान पनि दिन उनले तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अत्यावश्यक सामान वितरणका लागि उनले ३ हजार झोला तयार पारेका छन् । उनले दरगाह, माहिम दरगाह, बाबुलनाथ मन्दिर, बांद्राको स्लम एरियामा खाना वितरण गरी गरिबहरुलाई सहयोग गरेका छन् ।
